वैद्य माओवादीका तीन केन्द्रीय सदस्य एमाओवादी फर्किए

काठमाण्डु टुडे २०७० असोज ९ गते १०:३५ मा प्रकाशित

काठमाण्डु, ८ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका तीन केन्द्रीय सदस्य र ५० भन्दा बढी राज्य समिति सदस्य माउ पार्टी एकीकृत माओवादी फर्किएका छन् ।
DSC_3003नेकपा–माओवादीका केन्द्रीय सदस्यत्रय हरि ज्ञवाली, महेन्द्र पासवान र रवीन्द्र पटेल एकीकृत माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए ।
मंगलबार मिथिला र भोजपुरा राज्य समितिका २५ राज्य समिति सदस्यसहित नेकपा–माओवादीको केन्द्ररीय सदस्यबाट राजीनामा दिएका पासवान र पटेलले हिजो राजधानीमा पत्रकार सम्मेलन गरी ५१ सदस्यीय नेकपा–माओवादी (विद्रोही) केन्द्रीय तदर्थ समिति गठन गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा पासवानले पार्टी नेतृत्व राष्ट्रियताका नाममा पूर्वदरबारिया र संघीयताविरोधीसँग मिलेकाले पूरानै घर फर्किएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us