१७ विद्यार्थी संगठनबाट देशभरका क्याम्पस अगाडि प्रदर्शन

काठमाण्डु टुडे २०७० असोज ९ गते ०:५१ मा प्रकाशित

काठमाण्डु, ९ असोज– पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत १७ विद्यार्थी संगठनले आज बिहान देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म काठमाण्डुसहित देशभरका म्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । सो अवधिमा विद्यार्थीले सरकारी गाडी सञ्चालनमा रोक लगाएका थिए । प्रदर्शनका कारण काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन केही घण्टा अस्तव्यस्त बनेको थियो ।

१७ विद्यार्थी संगठनको मंगलबारको बैठकले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको थियो । विद्यार्थीले भोलि काठमाण्डुको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने र शुक्रबार बालुवाटारस्थित मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास घेराउन गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us