केन्यामा तीन दिन राष्ट्रिय शोक

काठमाण्डु टुडे २०७० असोज ८ गते १५:५१ मा प्रकाशित

Samantha

नैरोवी ९ असोज–केन्याका राष्ट्रपति उहुरु केन्याटाले राजधानी नैरोवीको वेस्टगेट शपिङ सेन्टर आतंकवादीको कब्जाबाट मुक्त भएको घोषणा गरेका छन् । एक स्थानीय टेलिभिजनबाट सम्बोधन गर्दै केन्याका राष्ट्रपतिले आक्रकणमा ६ सुरक्षाकर्मीहरु सहित ६१ जना मारिएको पुष्टि पनि गरेका छन् । 

राष्ट्रपतिले पाँच जना आतंकवादी सुरक्षा फौजको गोलीको शिकार भएको र अन्य ११ जना शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरिएको पनि बताएका छन् । टेलिभिजन सम्बोधनमा केन्याका राष्ट्रपतिले आतंकवादको राक्षस पराजित भएको घोषणा गरेका छन् । आक्रमणमा शपिङ सेन्टरका कतिपय भाग भत्किएका र भत्किएका भागहरुमा कयौ मानिस पुरिएका हुन सक्ने आशंका गरिएको छ । सो घटनामा मारिनेको संख्या बढ्न सक्ने अनुमान छ ।

आक्रमणमा बेलायती र अमेरिकी नागरिकको संलग्नता 

यस अघि केन्याकी विदेश मन्त्री अमीना मुहम्मदले आतंकवादी हमलामा दुई अमेरिकी र एक बेलायती नागरिक समेत सहभागि भएको जनाएकी थिईन् । सोमालियकाको आतंकवादी संगठन अल शबाबले आक्रमणको जिम्मा लिएको छ । सोमालियामा भएको केन्याको सैनिक कारवाहिको विरोधमा यो आक्रमण गरिएको संगठनले जनाएको छ । केन्यामा बुधबार देखि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

केन्याकी विदेश मन्त्री अमिना महोमदका अनुसार एक बेलायती महिला र अन्य दुई देखि तीन जना अमेरिकी नागरिक आक्रमणमा सहभागी थिए । घटनामा संलग्न बेलायती महिला सामन्था ल्योथवेट भएको अनुमान छ । ल्योथवेट सन् २००५ जुलाई ७ का दिन लण्डनका विभिन्न मेट्रो तथा वस स्टेसनमा भएको आतंकवादी हमलाका आत्मघाती हमलाकारी जरमाईन लिण्डसेकी विधवा भएको बताईएको छ । ल्योथवेटलाई ‘व्हाईट विडो’ अर्थात स्वेत विधवा भनेर पनि चिनिन्छ । samantha-_2

आक्रमणपछि पनि आतंकवादीहरु सपिङ सेन्टरमा नै केहि मानिसलाई बन्दी बनाएर बसेका थिए । शपिङ मल केहि दिन अघि खाली गरिसकेको केन्याले दावी गरे पनि चौथो दिनसम्म पनि आतंकवादीहरुबाट मललाई मुक्त गर्न सकेको थिएन । lewthwaiteचौथो दिन पनि बम र गोलिबारीका आवाज सुनिएका थिए । चौथो दिन प्रहरीले कारवाही सकिएको जनाएको छ । तर आतंकवादीलाई के भयो त्यसको जानकारी भने दिएको छैन । घटनामा सोमालियाली आतंकवादी संगठन अल शाबाबले आप्mनो संलग्नता रहेको दावी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us