यू– १६ च्याम्पियनसीपमा नेपालबाट बहराईन पराजित

काठमाण्डु टुडे २०७० असोज ८ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, ९ असोज  –एएफसी यू– १६ च्याम्पियनसि – २०१४ अन्तर्गत समूह ‘सी’को छनौट चरणको पहिलो खेलमा नेपालले बहराईनलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा बुधवार साँझ भएको खेलमा नेपालले बहराई बिरुद्ध २–०ले जित निकालेको हो । खेलको १२ औ मिनेटमा अन्जान लामाले गोल गरेका थिए भने दोस्रो गोल अनन्त तामाङले गरेका थिए । नेपालले शुक्रवार अर्को खेल इराकसँग खेल्नेछ ।

foot-ball-final

 

नेपाली टिममा गत साउनमा सम्पन्न यू– १६ साफ च्याम्पियनसीपमा खेलेका ११ खेलाडी बाहिरिएका छन् भने चार नयाँ खेलाडीले स्थान पाएका छन् । यू– १६ राष्ट्रिय टिममा पहिलोपटक स्थान पाउनेमा श्रीजन श्रेष्ठ, सुदन थापा, जनोममान लिगल र सुनिल बल रहेका छन् । नेपाली टिममा तीन गोलकिपर, आठ–आठ डिफेन्डर र मिडफिल्डर तथा चार फरवार्ड रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us