आयल निगमका कार्यकारी निर्देशकसहित चार पक्राउ

काठमाण्डु टुडे २०७० असोज ८ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित ४ जना उच्च अधिकारीलाई akhtiyarपक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा निगमका निर्देशक नागेन्द्र साह, प्रवन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेललाई पक्राउ गरिएको आयोग प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । आयोगको निर्देशन अवज्ञा गर्दै निगमले कर्मचारीलाई बोनस बाँडेको सूचनाका आधारमा पक्राउ गरिएको सापकोटाले बताए । सापकोटाद्वारा जारी विज्ञप्तिमा आयोगका अधिकारीले २०६५ सालमा भएको नाफाबापतको बोनस वितरण गरेको सामचार आएपछि त्यस सम्बन्धमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us