राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत

काठमाण्डु टुडे २०७० असोज ८ गते ११:४७ मा प्रकाशित

rambaranकाठमाण्डु, ८ असोज– राष्ट्रपति रामवरण यादवले आसन्न संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालनका लागि संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले सिफारिस गरेको बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत गरेका छन् ।
यो सँगै सरकारलाई निर्वाचनमा सेना परिचालनका लागि बाटो खुलेको छ । अध्यादेशमा मुलुक हाल व्यवस्थापिका–संसदविहीन रहेकाले संविधानसभाको निर्वाचनपछि व्यवस्थापिकाले तोकेको एक महिनाभित्र बहुमतले अनुमोदन गर्ने उल्लेख छ । नेपालको अन्तरिम संविधान–२०६३ को धारा १५४ उपचार ५ मा प्राकृति विपत्तिबाहेकको अवस्थामा सेना परिचालन गर्न नपाइने उल्लेख छ ।

सरकारले सेना परिचालन गरेको खण्डमा सो सम्बन्धी निर्णय एक महिनापछि संसदबाट अनुमोदन गराउनुपर्ने प्रवधान संविधानमा छ । राष्ट्रपति कार्यालयका सह–सचिव वासुदेव दाहालले मंगलबार जारी गरेकको विज्ञप्तिमा मुख्य दलको सहमतिमा मन्त्रिपरिषद्बाट सिफारिस भइ आएकाले बाधा अड्काउ अध्यादेश स्वीकृत गरिएको उल्लेख छ ।

नेपाली जनताले अर्को संविधानसभा निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित एव्म भयमुक्त वातावरणमा सहभागी हुन पाउने अधिकारको प्रत्याभूतिका लागि नेपाली सेना परिचालन गर्न आवश्यक देखिएको व्यहोराको सिफारिस आएकाले अध्यादेश स्वीकृत गरिएको विज्ञप्तिमा छ ।

president

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us