माओवादीलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज ८ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, ८ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभाबाट बहुमत ल्याउन आफ्नो पार्टीलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
Prachandaपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले आफ्नो पार्टीका पक्षमा देशव्यापी जनउभार देखिएकाले बहुमत आउने दाबी गरे ।

मुलुकले लामो समय संक्रमणकाल थेग्न नसक्ने भएकाले संक्रमणकाल अन्त्यका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको भनाइ उनको थियो ।
मुलुकमा राजनीतिक स्थायित्व भएपछि आर्थिक विकासमा जोड दिनुपर्ने र त्यसमा युवावर्गको भूमिका अग्रणी हुने उनले बताए । मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो पार्टीको हेटौंडा महाधिवेशनले उत्पादन र विकास–निर्माणको कार्यदिशा ल्याएको प्रचण्डले बताए । उनले स्पष्ट नीति र विचारका कारण आफ्नो पार्टीप्रति युवाहरुको आकर्षण बढ्दै गएको र देशव्यापी रुपमा युवाहरु एकीकृत माओवादीमा आइरहेको दाबी गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us