नेपाल–तुर्केमिनिस्तान प्रतिस्पर्धा हुँदै

काठमाण्डु टुडे २०७० असोज ७ गते ५:४१ मा प्रकाशित

काठमाण्डु ७ असोज–एएफसी प्रेसिडेन्ट कप फुटबलको पहिलो खेलमा नेपालको थ्रीस्टार क्लबले सोमबार तुर्केमिनिस्तानको बाल्कन क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको मेलकामा दिउँसो पौने तीनबजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुन थ्री स्टार टोली चार दिनअघि नै मलेसिया पुगिसकेको छ । नेपालको थ्री स्टार रहेको समूहमा ए मा तुर्कमिनिस्तानको बाल्कन र मंगोलियाको इर्चिम फुटबल क्लब रहेका छन् । थ्रीस्टारले समूहचरणको दोस्रो खेलमा ९ गते इर्चिम क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us