म्यानचेस्टर सिटीसँग म्यान्यू स्तब्ध

काठमाण्डु टुडे २०७० असोज ७ गते ४:५९ मा प्रकाशित

Premier-Leagueकाठमाण्डु, ७ असोज–ईङ्लिस प्रीमियर लीगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई स्तब्ध पारेको छ । आईतबार राती भएको खेलमा सिटीले युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । सिटीका लागि सर्जियो अग्युरोले दुई तथा याया टौरी र समिर नासरीले एक–एक गोल गरे । युनाईटेडका लागि एक मात्र सान्त्वना गोल वायन रुनीले गरेका थिए ।

आईतबार राति नै भएका अन्य खेलमा आर्सनलले स्टोक सिटीलाई ३–१ ले र टोटेनह्यामले कार्डिफ सिटीलाई एक–शून्यले पराजित गरे । त्यस्तै स्वान्सीले क्रिस्टल प्यालेसलाई दुई–शून्यले हरायो ।

लिगको पाँचौ लेग समाप्त हुँदा १२ अंक सहित आर्सनल लिग तालिकाको पहिलो स्थानमा पुगेको छ । समान १२ अंक भएका टोटनह्याम र म्यानचेस्टर सिटी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । १० अंकका साथ चेल्सी चौथो स्थानमा छ । यसअघि चौथो लेगसम्म पहिलो स्थानमा रहेको लिभरपुल १० अंक सहित पाँचौ स्थानमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us