साउथ ह्माप्टनले हरायो लिभरपुललाई

काठमाण्डु टुडे २०७० असोज ६ गते ३:२२ मा प्रकाशित

English-Premier-Leagueकाठमाण्डु, ६ असोज–ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लगातार चार खेलमा अविजित रहेको लिभरपुललाई साउथ ह्माप्टनले स्तब्ध पारेको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा साउथ ह्म्टनले लिभरपुललाई  एक-शून्यले पराजित गरेको हो । साउथ ह्म्टनकालागि एक मात्र गोल क्रोएशियन डिफेन्डर डेजान लोभरोनले गरेका थिए ।

शनिबार रातिकै अर्को खेलमा चेल्सीले फुलहामलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ । जीतसँग लिभर पुललाई दोस्रो स्थानमा धकेल्दै चेल्सी लिग तालिकाको शिर्ष स्थानमा पुगेको छ । पहिलो हाफमा बराबरी रहेको खेलमा चेल्सीले दोस्रो हाफमा दुई गोल गरेको थियो । चेल्सीकालागि पहिलो गोल ब्राजिलियन मध्य पङ्तीका खेलाडी आस्कार जुनियरले खेलको ५२ औ मिनेटमा गरेका थिए । दोस्रो गोल खेलको ८४ औ मिनेटमा नाईजेरियाई खेलाडी जोन ओबी मिकेलले गरेका थिए । १० वर्षयताकै लिगमा सबै भन्दा खराब सुरुवात गरेको चेल्सी यो जितसँगै फर्किएर शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिला, एभर्टन, हलसिटि र वेस्ट ब्रुम विजयी भएका छन् । एस्टन भिलाले नर्विचलाई एक-शून्यले, हलसिटिले न्युक्यासललाई ३-२ ले पराजित गरे । त्यस्तै वेस्ट ब्रुमले सन्डल्याण्ड ३-०ले नतिजा निकाल्यो ने एभर्टनले वेस्ट ह्यामलाई ३–२ ले पराजित गर्‍यो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us