रेग्मी–प्रचण्डबीच भेटवार्ता जारी

काठमाण्डु टुडे २०७० असोज ६ गते २:२१ मा प्रकाशित

prachand-and-regmiकाठमाण्डु, ६ असोज – आगामी चुनावको तयारीबारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार विहान भेटवार्ता भएको छ ।

रेग्मी निवास बालुवाटारमा जारी भेट संविधानसभा चुनावको तयारीमा केन्द्रित रहेको छ । चुनावको तयारी, चुनावको विरोधमा रहेका दलसँग सहमतिको प्रयास, चुनावको सुरक्षा लगायतबारे उहाँहरुबीच छलफल भैरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

उहाँहरुबीच रेग्मीको आसन्न अमेरिका भ्रमणको विषयमा पनि छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us