एक्सेल्सियर र स्काइलार्क सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० असोज ५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ५ असोज– डिफेन्डिङ च्याम्पियन द एक्सेल्सियर स्कुल र द स्काइलार्क स्कुल तेश्रो द एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Basketballएक्सेल्सियरले निम्सलाई २४–१९ ले पराजित ग¥यो । विजेताका निमा फेन्जो गुरुङले १५ अंक जोडे । स्काइलार्कले टीआईएलाई ३५–२० ले हरायो । स्काइलार्कको जितमा ऋषिराज गुरुङले १५ अंक योगदान गरे । जुनियरमै रेडियन्ट पब्लिकले ड्याफोडिललाई ४१–३१ र अरुणोदयले ग्रिनफिल्डलाई २३–१८ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । रेडियन्टका अजय खत्रीले १८ तथा अरुणोदयका झलकले ७ स्कोर गरे ।
सिनियर ब्वाइज बास्केटबलमा डिफेन्डिङ च्याम्पियन निम्स, एलआरआई, ड्याफोडिल र स्काइलार्क सेमिफाइनलमा पुगे । निम्सले सरस्वतीलाई ४७–३० ले पाखा लगायो । निम्सका आकाश नकर्मीले १५ अंक जोडे । राज कुँवरको २३ अंक सहयोगमा एलआरआईले एक्सेल्सियरलाई ५२–४२ ले निराश पा¥यो ।
ग्यालेक्सी विरुद्धको खेलमा ड्याफोडिल ४९–३९ ले विजयी भयो । विजेताका अमिन तामाङले १८ स्कोर गरे । स्काइलार्कले अरुणोदयको चुनौती ५८–५१ ले समाप्त पा¥यो । स्काइलार्कका समिर तामाङले १४ अंक बटुले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us