एमाओवादी,काँग्रेस र एमालेका शीर्ष नेता दबाबमा

काठमाण्डु टुडे २०७० असोज ७ गते १:२२ मा प्रकाशित

काठमाण्डु–संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिका उम्मेदवार मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा प्रमुख दलका शीर्ष नेताहरु दबाबमा पर्दै गएका छन । आँकाक्षीको संख्या अत्याधिक aaa2भएपछि उम्मेदवार छनौट गर्न नेताहरु दबाबमा परेका हुन । 
एमाओवादी,नेपाली काँग्रेस र एमालेबाट संविधानसभा उम्मेदवारका लागि १३ हजार जना आकाँक्षी देखिएका छन । प्रत्यक्ष र समानुपातिक गरेर पाँच सय ७५ जना सभासद हुन्छन । संविधानसभामा दुई सय ४० जना प्रत्यक्षबाट, तीन सय जना ३५ समानुपातिकबाट र २६ जना मनोनयनबाट पुग्छन ।

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको असोज १७ गते र समानुपातिक तर्फको उम्मेदवारको सूची दर्ता असोज १४ गते मनोनयन दर्ता गर्ने संशोधित कार्यतालिका बनाएको छ । यसअघि असोज ७ मा समानुपातिक र असोज १० मा प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो ।
अघिल्लो संविधानसभा निर्वाचनमा सबै भन्दा ठूलो दल भएको एकीकृत माओवादीमा संविधानसभा पुग्ने आँकाक्षी काँग्रेस र एमालेभन्दा कम देखिएका छन । उम्मेदवार छनौट गर्न शुक्रबार बिहान अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेका शिर्ष नेताहरु त्यहाँ देखिएको आकाँक्षीहरुको जमघट देखेर विना निर्णय उठेका थिए ।
काँग्रेसका आँकाक्षीले सुन्धाराका होटलमा डेरा जमाएर बसेका छन । उम्मेदवारको सूचीमा आफनो नाम राख्न पहुँच भएकाहरु सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाका ढोका ढक्ढक्याइरहेका छन । एमालेका आँकाक्षी पनि अध्यक्ष झलनाथ खनाल,बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीका निवास चाहारिरहेका छन ।
संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगबाट एक सय ३० वटा दलले मान्यता पाएका छन । यसपटक निर्वाचन आयोगमा धर्म,जाती,सामाजिक संघ संस्थाले पार्टी दर्ता गराएका छन ।
अघिल्लो संविधानसभामा ५४ वटा राजनीतिक दलले मात्रै मान्यता पाएका थिए । त्यसमध्ये नौ वटा दलले मात्रै प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए भने २५ वटा दलले समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने निर्वाचन आयोगमा दल दर्ता नै गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us