काँग्रेसका वकिलले मागे दस प्रतिशत हिस्सा

काठमाण्डु टुडे २०७० असोज ३ गते ५:३५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– नेपाली कॉग्रेसनिकट कानुन व्यवसायीको संगठन नेपाल डेमोक्रेटिक लर्यस एसोसिएसनले संविधानसभामा दस प्रतिशत कानुन nc flagव्यवसायीको सहभागिता गराउन माग गरेको छ ।
अध्यक्ष यदुनाथ खनालको अगुवाइमा बिहीबार महाराजगञ्जस्थित काँग्रेस सभापति सुशील कोइराला निवास पुगेको एसोसिएसनको प्रतिनिधिमण्डलले लोकतान्त्रिक संविधान बनाउन सजिलो हुने भन्दै कानुन व्यवसायीको सहभागिता सुनिश्चित गर्न माग गरेको हो । संविधानसभामा प्रत्यक्ष र समानुपाति दुवै तर्फबाट कानुन व्यवसायीको प्रतिनिधित्व गराउनुपर्ने माग उनीहरुको छ । आफूहरुको मागपत्र बुझेपछि सभापति कोइरालाले संसदीय बोर्ड बैठकमा त्यसबारे कुरा राख्ने बचन दिएको एसोसिएसनका अध्यक्ष खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us