कस्ता छन् नेपालका मुख्य दश शक्तिशाली व्यक्ति ?

काठमाण्डु टुडे २०७० असोज २ गते १:०३ मा प्रकाशित

काठमाण्डु,असोज– अमेरिकाबाट संचालनमा रहेको अनुसन्धनात्मक वेभ जीआरजी र्याङ्किङले नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको नाम सार्वजनिक गरेको छ । अमेरिकाबाट संचालित वेभसाईटले नेपालका विभिन्न क्षेत्रको अनुसन्धान गर्ने गरेको छ । नेपालका दश शक्तिशाली व्यक्तिको सूचीमा राजनीतिज्ञ तथा व्यापारी परेका छन् । prachandaअनुसन्धान विभिन्न क्षेत्रमा आएका समाचार, विचार तथा नागरिकको मतअनुसार गरिएको थियो । नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिको पहिलो नम्बरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।
को को  छन् शक्तिशाली व्यक्तिहरु ?
नम्बर १०
शक्तिशाली व्यक्तिको सूचीमा दशौं नम्बरमा उद्योगी विनोद चौधरी छन् । ५७ औं वर्षीय चौधरीसँग एक विनियन अमेरिकी डलर सम्पत्ति छ ।
नम्बर ९
नवौं स्थानमा गैरआवाशीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो छन् ।
नम्बर ८
शक्तिशाली व्यक्तिको आठौं नम्बरमा मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव छन्  । मधेस आन्दोलनपछि क्षेत्रीय राजनीतिमा उदाएका उनी नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।
नम्बर ७
सातौं नम्बरमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल छन् । ६३ वर्षीय खनाल नेपालका शक्तिशाली व्यक्तिको सूचीको सातौं नम्बरमा छन् ।
नम्बर ६
नेपाली काँग्रेसका सभापति सुशील कोईराला शक्तिशाली व्यक्तिको छैठौं नम्बरमा छन । ७४ वर्षीइ उनी अविवाहित नेता हुन् ।
नम्बर ५
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पाँचौं नम्बरमा छन् । ६६ वर्षीय शाह राजतन्त्रको समापीतसँगै धार्मिक गतिविधिमार्फत बेलाबेलामा चर्चामा आउने गरेका छन् ।

नम्बर ४
चौथो नम्बरमा राष्ट्रपति डाक्टर रामवरण यादव छन् । ६५ वर्षीय यादव नेपालका राष्ट्रप्रमुख समेत हुन् । बीपी कोइरालाका निजी चिकित्सकका रुपमा लामो समय काम गरेका उनी राष्ट्रपति हुनुअघि काँग्रेस महामन्त्री थिए ।
नम्बर ३
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी शक्तिशाली व्यक्तिको सूचीमा तेस्रो नम्बरमा छन् । ६४ वर्षीय रेग्मी प्रधानन्यायाधीशसमेत हुन् ।
नम्बर २
एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई शक्तिशाली व्यक्तिको सूचीमा दोस्रो नम्बरमा छन् । उनी नेपालका पूर्वप्रधानमन्त्री हुन् ।
नम्बर १
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । उनी पूर्वप्रधानमन्त्रीसमेत हुन । सर्वेक्षणका अनुसार नागरिकसँगका कुराकानी र समाचारमा आएका रेकर्डअनुसार नेपालमा सबैभन्दा चर्चित व्यक्ति पनि प्रचण्ड नै हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us