सहमति भए मसिर ४ कै निर्वाचनमा सहभागी हुन तयार

काठमाण्डु टुडे २०७० भदौ ३० गते ८:३६ मा प्रकाशित

natra bikram chandअर्घाखाँची ३० भदौ–नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले मसिर ४ को सविधान सभाको निर्वाचनमा सहभागी हुन सक्ने बताए । रिपोर्टस क्लव अर्घाखाँची शाखाले आईतवार गरेको साक्षात्कारमा उनले एजेन्डामा सहमति भए आफुहरु ४ गतेको निर्वाचनमै जान तयार रहेको स्पष्ट पारेका हुन । 
सचिव चन्दले जनतालाई अधिकार सम्पन्न गर्ने गरी सहमतिबाटै निकास निकाल्न आफुहरु तयार रहेको बताउदै चार दलले भारतको ईसारामा आफुहरुलाई वाईपास गर्न खोजे त्यसको प्रतिकार गरिने चेतावनी दिए ।
सविधान सभाको निर्वाचनमा सहभागी भए एकिकृत नेकपा माओवादीसँग चुनावी तालमेल गरेर जाने चन्दको भनाई थियो । उत्पीडित समुहलाई अधिकार दिने गरी सघियता निर्माण गर्ने भन्दै पछाडी पारिएका समुदायलाई अग्रधिकार दिनुपर्ने बताए ।
चन्दले पछिल्लो चरणमा दलहरु वीच सकारात्मक कुराकानी भएको भएपनि भारतका ‘दलाल’हरुले सहमति नर्गन दवाद दिदै आएको दावी गरे । नेपालका चार दल भारतको ईसारामा नाच्दा सहमति हुन नसकेको आरोप लगाउँदै उनले चीनले जस्तै भारतले पनि सकारात्मक सहयोग गर्नुको साटो,हस्तक्षेपकारी भुमिका खेल्दै आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us