यसरी बिथोल्दैछ माओवादीले चुनाव

काठमाण्डु टुडे २०७० भदौ २७ गते २:४८ मा प्रकाशित

सुर्खेत २६ भदौ–संबिधानसभाको दोस्रो निर्वाचन सशक्त बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीले भेरी कर्णालीमा निर्वाचन सशक्त बहिष्कार र प्रतिकार गर्न प्रतिरोध दल तयार पारेको छ । Training
पार्टीको भेरी कर्णाली राज्य समितिले प्रतिरोध दललाई पहिलो चरणको तालिम पुरा भएको जनाएको हो । समितिले सुर्खेतमा पहिलो चरणको तयारी अन्तर्गत ६० जना युवालाई एक साताको सैन्य र राजनीतिक प्रशिक्षण दिएर दस्तालाई गाउँमा केन्द्रित गरिएको भेक राज्य समितिका सचिव तथा केन्द्रीय सदस्य भरत बमले जानकारी दिए । जिल्लाका दुर्गम गाउँहरुमा एक साताको प्रशिक्षण पश्चात २० देखि २५ जनाको समूह बनाएर अन्य गाउँमा युवादस्ता विस्तार गर्न उनीहरुलाई खटाईएको उनले बताए ।
‘तालिम प्राप्त युवा दस्ताले थप गाउँका युवाहरुलाई परिचालन, गठन, र चुनाव विथोल्न जनसर्मथन जुटाउने कार्य गर्नेछन,’ उनले भने, ‘दस्ताले गाउँमा अभियानात्मकरुपमा चुनाव वहिष्कारको प्रचारप्रसार गर्ने छन ।’ उनले वहिष्कार अभियानलाई वेवास्ता गर्दै चुनाव प्रचार गर्न कोही गाउँ आउँछ भने, पहिले चेतावनी दिने र नमानेपछि दस्ताले आफ्नो कारवाही गर्ने बताए ।
जिल्लामा युवादस्तालाई प्रशिक्षण दिन एक सय जनालाई बोलाईएपनि ६० जनाको मात्र सहभागिता रहेको उनले बताए । पहिलो चरणको तालिम प्राप्त दस्ताले नै थप नयाँ युवादस्ता तयार गर्ने, प्रशिक्षण दिने, प्रचारप्रसार गर्ने र पार्टीको सुरक्षाको लागि समेत खटिने छ,’बम भने, ‘युवा दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाबाट फर्केकाहरु, जनस्वयसेवक, र अन्यमोर्चाका युवाहरु समेत सामेल छन् ।’ उनले उक्त दस्तालाई सैन्य र राजनीतिक प्रशिक्षण दिएर कोर ग्रुप बनाई गाउँमा परिचालन गरिएको जानकारी दिए।
केन्द्रीय सदस्य बमले आफ्नो पार्टी चुनाव विरोधी नभएको तर चारदलीय सिण्डिकेट गरी जवरजस्ती चुनाव लाद्न खोजिएकोले शसक्त प्रतिकार गर्न यस्तो समुह बनाइएको बताए । उनका अनुसार हालै पार्टीले चुनाव र संविधान बारे राष्ट्रिय सहमति कायम गर्न गोलमेच सभाका लागि वार्ता जारी राख्ने, गोलमेच सभाको माग पुरा नभएसम्म घोषित संघर्षका कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने नीति अघि सारेको छ ।
पार्टीले दवावस्वरुप नै पहिलो चरण अन्तर्गत भाद्र २७ देखि क्षेत्रीय स्तरमा बन्दका कार्यक्रम शुरु गर्ने निर्णय गरेको बंमले जनाए । जसमा २७ गते काठमाडौ आसपास, २८ गते मध्य र सुदूरपचिश्म बन्द लगायतका कार्यक्रम हुने तय भएका छन् । क्षेत्रीय स्तरको बन्दपछि नेपालका ठूला अधिकांस शहरहरुमा एकसाथ असोज २, ४, ६ र ८ गते जनसभा आयोजना गएिको छ । त्यसमा मध्य र सुदूरपश्चिमका लागि कैलालीको धनगढीमा जनसभा राखिएको बमले जानकारी दिए । उनले पहिलो चरणका सम्पूर्ण कार्यक्रमहरु असोज ९ र १० गतेको नेपाल बन्दसँगै पुरा हुने बताए । उनका अनुसार त्यसपछि असोज १२ बाट दोस्रो चरण्को कार्यक्रम शुरु हुनेछ । दोस्रो चरणको कार्यक्रमले नै देशको दशा र दिशा तय गर्ने बंमको भनाइ छ ।
फोटो सुर्खेतको दुर्गम गाविस काप्रीचौरमा नेकपा माओवादीले संचालन गरेको प्रशिक्षणका युवाहरु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us