साम्प्रदायिक हिंसामा २८ को मृत्यु

काठमाण्डु टुडे २०७० भदौ २४ गते ५:४४ मा प्रकाशित

काठमाण्डु, २४ भदौ – भारतको मुजफ्फरपुर जिल्लामा भएको पछिल्लो साम्प्रदायिक हिंसामा २८ जनाको मृत्यु भएको छ । मुजफ्फरपुरको कवाल गाउँमा दुई अलग–अलग समुदायका तीन युवाको हत्यापछि तनाव शुरु भएको थियो । त्यही हिंसाले साम्प्रदायिक दंगाको रुप लिएको हो ।

गएको अगष्ट ३१ तारिकमा सामान्य विवादमा दुई युवकले एक युवकलाई हत्या गरेका थिए । पछि ति दुवै युवाको पनि हत्या भयो । सोही घटनाको बदलाभावमा स्थानीयले एकअर्कामाथि कुटपीट गर्न थालेपछि हिंसा बढ्दै गएको छ । सुरक्षाकर्मीहरु तैनाथ गरिए पनि स्थिति अझै नियन्त्रणमा नआएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मी नभएका ग्रामिण क्षेत्रमा हिंसा फैलिदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । मुजफ्फरपुरनगर शरहको सिविल साइन्स, कोतवाली र नयाँ मण्डी भन्ने स्थानमा कर्फ्यू जारी छ । त्यहाँ सेना परिचालन गरिएको छ । उत्तर प्रदेश राज्य सरकारले स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै विपक्षी दलले आलोचना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us