पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० भदौ २४ गते ६:०९ मा प्रकाशित

झापा, २४ भदौ – संघीय गणतान्त्रिक समाजवादी पार्टीले पूर्वका नौं जिल्ला बन्द गराएको छ । संविधानसभा निर्वाचन हुनुअगावै लिम्बूवानलगायत संघीय राज्यको सुनिश्चितता हुनुपर्ने माग राखी बन्द आह्वान गरिएको हो ।

बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, मेची राजमार्गलगायत सडकमा सार्वजनिक यातायातका साधन नचलेपछि सयौं यात्रु अलपत्र परेका छन् । बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेका छन् । सो कारणले आज बिहानैदेखि विद्यालयमा पठनपाठन रोकिएको छ ।

बन्दको क्रममा अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us