मन्त्रीहरुका कार्यशैलीबाट प्रचण्ड,सुशिल,झलनाथ असन्तुष्ट

काठमाण्डु टुडे २०७० भदौ २५ गते १:२० मा प्रकाशित

Sushil_koiralaprachanda–jhalanath_20110513033100

काठमाण्डु २४ भदौ–चुनावी सरकारका काम र व्यवहारबाट उच्चस्तरिय राजनीतिक समितिमा रहेका दलका नेताहरु असन्तुष्ट बन्दै गएका छन ।

एकीकृत माओवादी,नेपाली काँग्रेस र नेकपा–एमालेका नेताहरुले सरकारका कार्यशैली र व्यवहार प्रति गम्भीर आशंका व्यक्त गर्दै असतुष्टी व्यक्त गरेका हुन । बरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा गरिएको छापा,द्धन्द्धकालीन घटनामा आरोपित रामप्रसाद अधिकारीको पक्राउ र निर्वाचन कार्यतालिकालाई वेवास्ता गर्दै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले गर्न लागेको बिदेश भ्रमणका कारण शिर्ष नेताहरुले असन्तुष्टी व्यक्त गरेका हुन ।

एक नेताले काठमाण्डु टुडेसँग भने ‘असोज ७ गतेदेखि संबिधासनभा सदस्यका लागि समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ भने असन्तुष्ट दलहरु प्नि सहमतिमा आइसकेका छैनन,यस्तो अवस्थामा मन्त्रिपरिषदका अध्यक्ष र गृहमन्त्री दुवै बिदेश भ्रमणमा जानुले सरकार निर्वाचन प्रति गम्भीर छैन भन्ने देखिन्छ ।’minister

अध्यक्ष रेग्मी र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका घिमिरेले असोज ५ देखि १४ न्यूर्योक जाने कार्यक्रम मन्त्रिपरिषदले गत भदौ १० गते नै अनुमोदन गरेको थियो । अध्यक्ष रेग्मी र मन्त्री घिमिरेको साथमा परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा,शिष्टाचार महापाल कालीप्रसाद पोखरेल,राष्ट्रसंघ महाशाखाका प्रमुख दिपक धिताल,प्रधानमन्त्री कार्यालयका एक सचिव,अध्यक्ष रेग्मीका एक सहयोगी,सुरक्षाकर्मी सहित ११ सदस्यीय प्रतिनिधिमण्डल न्यूयोर्क जान लागेको हो ।

एक अधिकारीका अनुसार गोरखा फुजेल घटनामा आरोपित रामप्रसाद अधिकारीलाई पक्राउ गरी थुनामा राख्नु र अधिकारी दम्पतिको अनशन तोडाउनु राष्ट्रसंघको ६८ औ महासभामा नेपालको मानवअधिकार अवस्था प्रति सरकार गम्भीर रहेको प्रमाण अन्तराष्ट्रिय समुदायलाई देखाउन चालिएका कदम हुन । न्यूर्योकमा अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र चिनिया बिदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको परराष्ट्र मन्त्रालयका अर्का एक अधिकारीले बताए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिने रात्रीभोजमा पनि अध्यक्ष रेग्मी सहभागी हुनेछन ।
चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी,गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधव घिमिरे र सूचना तथा सञ्चार र शिक्षा मन्त्री माधव पौडेलको छायाँमा छ । ‘बाँकी मन्त्री जागिरे सचिव जस्तै छन’स्रोतले भन्यो ‘महत्वपूर्ण निर्णय प्रक्रियामा अरु मन्त्रीको खासै भूमिका देखिदैन ।’ आफना कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरी थुनामा राखेको प्रकरणमा एकीकृत माओवादी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी,गृहमन्त्री माधव घिमिरे प्रति असन्तुष्ट बन्दै गएको छ । एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले जारी गरेको प्रेस बिज्ञप्तिमा द्धन्द्धकालीन मुद्दा बिउत्याएर सरकारले निर्वाचन भाँडन खोजेको गम्भीर आशंका व्यक्त गरिएको छ ।
नेपाली काँग्रेसका सभापति सुशिल कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा अर्थमन्त्री शंकर कोइरालाको कार्यशैलीबाट असन्तुष्ट छन । मन्त्रिपरिषदमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सुशिल र देउवा मन्त्री कोइराला प्रति असन्तुष्ट बनेका हुन । पूर्व प्रशासक कोइरालालाई मन्त्रीका लागि काँग्रेसले सिफारिस गरेको हो ।
‘मैले त पहिले नै भनेको थिएन नी’पार्टीका नेता कार्यकर्ताले मन्त्री कोइरालाको व्यवहारका वारेमा उजुरी गर्न थालेपछि देउवा यसरी पन्छने गरेका छन । स्रोतका अनुसार सभापति कोइरालाले बोलाएर छलफल गर्न चाहे पनि कोइराला पन्छिदै हिडेका छन ।
सञ्चारमन्त्री माधव पौडेल प्रति एमालेका नेताहरु असन्तुष्ट छन ।madhav-paudel स्रोतका अनुसार आफूले सिफारिस गरेका राजनीतिक नियुक्तिलाई मन्त्री पौडेलले स्वीकार नगरेपछि एमाले अध्यक्ष झलनाथ खनाल रुष्ट भएका हुन । मन्त्रीका एक सहयोगीले भने ‘एमालेका नेताहरुको मन्त्रीज्युलाई फोन आउँछ,के के काम लगाउँछन कुन्नी,म तपाईहरुको त्यस्ता काम गर्न आएको होइन,निर्वाचन गराउन आएको हो,मेरो काम तपाईहरुलाई चित्त बुझेन भने मेरो ठाउँमा अर्को व्यक्ति ल्याउनुस म छोडिदिन्छु भनिदिनु हुन्छ ।’
गत भदौ ७ गते तत्कालीन भारतीय राजदुत जयन्तप्रसादको बिदाई भोजमा सहभागी हुन आमन्त्रण गरिएपनि गृहमन्त्री घिमिरे त्यहाँ गएका थिए भने पौडेल त्यहाँ गएका थिएनन । ती सहयोगीले भने ‘मन्त्रीज्यू रातीका भोजमा कतै पनि गएको थाहा छैन ।’
शान्ति तथा पुननिर्माण मन्त्री रामकुमार श्रेष्ठको कार्यशैली स्वंयम एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई चित्त बुझेको छैन ।RamKumarShrestha श्रेष्ठले मन्त्रिपरिषदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रचण्डको अनुभव रहेको स्रोतले जनाएको छ । गोरखामा शिक्षण सँगै शिक्षण पेशामा रहेका मन्त्री श्रेष्ठ प्रचण्डको सिफारिसमा मन्त्री बनाइएको थियो । स्रोतका अनुसार मन्त्री श्रेष्ठ सचिव धरणीधर खतिवडाको छायाँमा छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us