सीरियामा हमला गलत : राष्ट्रसंघ

काठमाण्डु टुडे २०७० भदौ २२ गते ८:३७ मा प्रकाशित

कठमाण्डु, २२ भदौ– संयुक्त राष्ट्र संघले सीरियामा कसैले आक्रमण गरे ठूलो दुष्परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । सीरिया सरकारले रासायनीक हतियार प्रयोग गरेर आफ्ना विपक्षीलाई मारेको आरोपमा अमेरिका लगायत देशले आक्रमण गर्ने तयारी गरिरहेको बेला संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सीरियाविरुद्धको सैन्य कारवाहीको निन्दा गर्दै यस्ले राम्रो नहुने चेतावनी दिएको बीबीसीले जनाएको छ । उनले चेतावनी दिदै भनेका छन्, ‘सीरियामा सैन्य कारवाही भए भीषण दुष्परिणाम हुन सक्छ ।’

रुसमा जारी जी ट्वान्टी सम्मेलनको एक बैठकलाई सम्बोधन गर्दै मुनले रासायनीक हतियार प्रयोगको आरोपमा सिरियामा आक्रमण गरे जातिय हिंसा बढ्न सक्ने आशंका गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us