अमेरिकाको जासुस बजेट सार्बजनिक

काठमाण्डु टुडे २०७० भदौ १६ गते ७:५१ मा प्रकाशित

CIA-Logoकाठमाण्डु, १६ भदौ– अमेरिकाले करोडौं रकम हिसाब किताब नराखी जासुसी निकायमा खर्च गर्ने गरेको खुलासा भएको छ । गोप्य सूचना चुहाएको आरोप लागेपछि देश छाड्न बाध्य भएका अमेरिकी सुरक्षा विशेषज्ञ एडवार्ड स्नोडेनले यो तथ्य सार्बजनिक गरेका हुन् । अमेरिकाले हालसम्म गुप्तचर निकायको बजेट गोप्य राख्ने गरेको थियो ।

स्नोडेनले अमेरिकी पत्रिका वाशिङ्टन पोष्टलाई दिएको १ सय ७८ पेज लामो बजेटको सारांशअनुसार अमेरिकाले सन् २०१३ मा गुप्तचर संस्थाकालागि ५२ दशमलव ६ अरब डलर बजेट छुट्याएको थियो । यो रकम १६ अलग–अलग गुप्तर संस्थाहरुले खर्च गर्दछन् । तिमध्ये सबैभन्दा बढी सीआईएले पाउँछ । सीआईए एक्लैले ९६ करोड रकम खर्च गर्दछ ।

दस्तावेज अनुसार अमेरिकाले रुस, चीन, इरान र क्युबामा जासुसीकालागि खर्च गर्दछ । जासुसी गर्न सबैभन्दा कठीन उत्तर कोरियामा हुने गरेको सो दस्तावेजमा उल्लेख छ । साथै जासुसहरुले चीन, इरान र रुसमा पनि काम गर्न सजिलो नभएको बताएको वाशिङटन पोष्टले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us