गोलमेच भाँडिएको अन्तर्कथा

काठमाण्डु टुडे २०७० भदौ २३ गते ४:१३ मा प्रकाशित

Round_Table_Discussionसहमतिको नजिक पुगेको भनिएको गोलमेच सभा अचानक भाँडिएपछि अहिले देशमा चुनाव हुने/नहुने वहस शुरु भएको छ । चुनाव गर्ने पक्षले नेकपा–माओवादीलाई पेलेर भए पनि चुनावमा जाने मुड बनाएका छन् भने जुनसुकै शक्ति लगाएर भए पनि चुनाव भाँड्ने वैद्य माओवादीको योजना छ । सहमति नजिक पुगेको भनिएको गोलमेचसभा कसरी भाँडियो त काठमाण्डु टुडेले नयाँ रहस्य पत्ता लगाएको छ ।

गोलमेचसभा अचानक भाँडिएजस्तो देखिए पनि यसका केही श्रृङ्खला छन् । ८ भदौको विहान दुई माओवादीका शीर्ष पाँच–पाँच नेताहरुबीच प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो । चुनावमा तालमेल गरेर जाने गरि एमाओवादीले प्रस्ताव गरेको थियो । प्रचण्डको प्रस्तावमा मोहन वैद्य लगायतका धेरै नेताहरु लचक पनि भएका थिए । माओवादीका नेताहरुले चुनावी प्रक्रियामा सहभागी बन्न र तालमेल गरेर अगाडि जान गरेको प्रस्तावमा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने भिन्दै मत राखे । त्यसदिन विप्लव बैठकमा लचिलो भएको भए वार्ताले एउटा आकार ग्रहण गर्ने थियो ।

विप्लवले ‘चैत्र १ गते बाधा अड्काउ फुकाउ आदेश खारेज नभएसम्म र रेग्मी सरकार परिवर्तन गर्ने गरि नसोंचेसम्म हामी चुनावमा जादैनौं तपाईहरु ढुक्क हुनुस्’ भनेको स्रोत बताउ“छ । विप्लवले ‘तपाईहरु भ्रममा नपर्नुस् हामी २५ बुँदे नसच्चाउदासम्म चुनाव चैतमा सारे पनि आउदैनौं’ भनेपछि माहौल विग्रीएको थियो । त्यहि नै गोेलमेचबाट निकास निकाल्ने प्रयासमा सबैभन्दा ठूलो समस्या बनेर आएको हो । विप्लवले यति कुरा बताएपछि प्रचण्डले ‘चुनावमै आउने होइन भने त किन वार्ता गर्नुप¥यो र’ भन्ने जवाफ फर्काए । त्यसपछि दुवैपक्षका नेता त्यहा“बाट उठे । सरकार परिवर्तनको विषयमा लागे ४ मंसिरको चुनाव प्रभावित हुने भन्दै एकीकृत माओवादीका नेताहरुले ४ मंसिरको चुनाव स्थगित हुनेगरि कुनै सहमति गर्न नसकिने स्पष्ट पारेका थिए ।

नेकपा–माओवादीका नेताहरुले गोलमेच सम्मेलन मार्फत् संविधानका अन्तरवस्तुमा सहमति, राष्ट्रिय सहमतिको सरकार गठनपछि मात्र सहममिमै चुनावको नया“ मिति तय गर्नुपर्ने मागलाई जोडका साथ उठाएका थिए । छलफलमा एकीकृत माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डस“गै डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा सहभागी थिए भने नेकपा–माअ‍ोवादीका तर्फबाट पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’सँग उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी थिए । यसअघि १ भदौमा सार्वजनिक कार्यक्रममै प्रचण्डले वैद्यलाई मिलेर चुनाव लड्न प्रस्ताव गरेका थिए । प्रचण्डले आफूहरुले किरणहरु चुनावमा आए मागेजति नै सिट दिने समेत बताएका थिए ।

विहान प्रचण्डले किरणहरुसँग वार्ता गरेपछि त्यसैदिन दिउँसो उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्यो । बैठकमा प्रचण्डले आफ्नो निवासमा वैद्य माओवादीका नेताहरुस“ग भएको छलफलको विवरण सुनाए । त्यसपछि सबै दलका नेताहरु अब वार्ता अगाडि बढ्दैन भन्ने मनस्थितिमा पुगेका थिए । त्यसैदिन दिउँसो उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चाबीच बानेश्वरमा वार्ता भयो । बैठकमा ३३ दलले पा“च बु“दे राजनीतिक प्रस्ताव पेश गरेका थिए । तर, चार दलीय समितिले माग पूरा गर्न नसक्ने भन्दै उठे र गोलमेचबाट अगाडि बढ्ने गरि ६ गते भदौमा भएको सहमति भंग भयो । दुवै पक्षका नेताहरु एकअर्कोलाई सहमतिबाट पछि हटेको र वार्ता भंग गराएको आरोप लगाए ।

नेकपा–माओवादीका अध्यक्ष वैद्यले चार दलले गोलमेचमा जाने पुरानो सहमति भत्काएको र यसमा पुनर्विचार नगरेकोले आफूहरु सशक्त आन्दोलनमा गएको बताउदै आएको छ । उता चार दले भने वैद्यले वार्तालाई रणनीतिको रुपमा उपयोग गरेको आरोप लगाएको छ । वार्ता भंग भएपछि एमाले अध्यक्ष झलनाथ खनालले मंसिर ४ को निर्वाचन सार्ने गरी मोर्चाबाट प्रस्ताव आएको भन्दै गोलमेच सम्मेलन गर्ने औचित्य समाप्त भएको प्रतिक्रिया दिएका थिए ।

मुलुकको विद्यमान संक्रमणकालीन अवधिमा राष्ट्रिय समस्याहरुको समाधानका लागि राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमतिको विकल्प नरहेको ३३ दलको भनाई छ । मोर्चाले प्रमुख चार शक्ति आन्दोलरत दलको आयोजनामा गरिने गोलमेच सम्मेलनले मात्र सहमति जुटाउन सक्ने भन्दै आफ्ना माग पेश गरेको थियो । गोलमेचमै निर्वाचनको मिति, सरकार गठन, समीक्षा, नया“ संविधानका अन्तर्वस्तु, संविधान बनाउने प्रक्रिया र पद्धतिसहितका शान्ति प्रक्रियाका बा“की विषयमा पनि गोलमेचमै छलफल गर्नुपर्ने प्रस्ताव मोर्चाले राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us