दक्षिण एसियामा अझै खाद्य सुरक्षासम्वन्धि चुनौती

काठमाण्डु टुडे २०७० भदौ ४ गते १७:२६ मा प्रकाशित

यादवराज जोशी

नयाँदिल्ली । दक्षिण एसियाली राष्ट्रहरुले खाद्य सुरक्षाको क्षेत्रमा ठुलो प्रगति गरेको भएपनि सबैका लागि खाद्यान्न पु¥याउनु अझै चुनौतिपुर्ण रहेको भारतका राष्ट्रपति प्रणव मुखर्जीले बताएका छन् । दक्षिण एसियाको उन्नति कृषि क्रान्ति र आधुनिकीकरणमा निर्भर रहेको छ, हरित क्रान्तिका प्रेयता एवं कृषि वैज्ञानिक डा नर्मन र्बुलोक पहिलोपटक भारत आएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले भने ।
खाद्य तथा पोषण सुरक्षा प्राप्त गर्नु र ग्रामिण अर्थतन्त्रसम्म खाद्यान्न कषिको लाभ पु¥याउन सक्नु पर्नेमा जोड दिदै उनले भने, स्वस्थ्य नागरिकले मात्र विकासलाई अगाडि बढाउन सक्छन् । तसर्थ अबको कृषि क्रान्ति पोषण केन्द्रित हुनु पर्छ । डा र्बुलोकको योगदानले गहुको उत्पादन बढेको छ । कृषि वैज्ञानिक, किसान र सबै क्षेत्र मिलेर यसलाई दीगो बनाउने कोशिस गर्नु पर्छ, उनले आग्रह गरे ।
गहुको किसित प्रजातिको विस्तर र विकासका कारण विगत पाँंच दशकमा भारतमा गहुको उत्पादन नौ गुणाले बढेर सन् २०१२ मा ९२.८ मिलियन मेट्रिक टन पुगेको छ । भारतको खाद्य उपभोगमा यसको अंश २० प्रतिसत रहेको छ भने प्रोटिनको सबैभन्दा राम्रो स्रोतकोरुपमा भारतले यसलाई अगाडि बढाएको छ ।
सन् १९६०/७० को दशकमा गहु आयात गर्ने भारत डा बुर्लोककै कारण गहुको निर्यातकर्ता बनेको कृषि मन्त्री शरद पवारले बताए । हामीले गत वर्ष करिव दुई अर्ब ६० करोड भारतीय रुपैयाको गहु निर्यात ग¥यौ, उनले भने । उनका अनुसार, भारतले प्रशोधित कृषि पदार्थको निर्यातलाई जोड दिइरहेको छ । अगामी केही वर्षमा यसको परिणाम देखिनेछ, उनले भने ।
नेपालमा पनि डा बुर्लोकको ठुलो योगदान रहेको नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा दिल बहादुर गुरु¨ले बताए । डा बुर्लोकको अभियानको हिस्सा बनेर धेरै नेपाली कृर्षि वैज्ञानिकले भारतमा प्रशिक्षण पाएका छन् । उनीहरुको योगदान ठुलो छ, उनले भने । भारत र अन्य दक्षिण एसियाली राष्ट्रसंगको सहकार्यमा हामीले गहुको उन्नत बीउ विकास गरेका छौ । त्यसको प्रयोग अन्य देशमा पनि भइरहेको छ, उनले भने ।
नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक डा मदन भट्टको नेतृत्वको नेपाली कृषि वैज्ञानिकको एक टोलीले गहुको दुस्मन मानिएको सिन्दुरे रोगप्रतिरोधी जात विकास गरी गतवर्ष बुर्लोक ग्लोबल रस्ट इनिसियटीभबाट सम्मानित भएको थियो । युगाण्डामा सन् १९९८ मा देखिएको युजी ९९ नामक कालो सिन्दुरे रोगबाट गहुलाई बचाउन र उत्पादन बढाउन बुर्लोक ग्लोबल रस्ट इनिसियटीभ सक्रिय रहेको छ ।
प्रारम्भिक चरणमा नै सिन्दुरे रोगको पहिचान गर्ने र त्यसको वैज्ञानिक विश्लेषण गरी फैलन नदिन सुचनामा साझेदारी गर्ने नीति हामीले अगाडि बढाएका छौ, कर्नेल विश्वविद्यालय अन्र्तगतको कलेज अफ एग्रिकल्चर र लाईफ साइन्सकी सुचना विशेषज्ञ लिण्डा म्याकक्याण्डलेसले बताइन । यसले युगाण्डाबाट इरानसम्म आई पुगेको विनासकारी कालो सिन्दुरे रोक्न र किसानलाई विकसित जातबाट बढी फाइदा लिन मद्दत गर्नेछ, उनले भनिन् । बिजमाण्डू 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us