नेपाल–पाकिस्तान आयोगको बैठक आठ बर्षपछि

काठमाण्डु टुडे २०७० भदौ ३ गते १८:०० मा प्रकाशित

काठमाण्डु ३ भदौ नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको ईस्लामावादमा शुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व अर्थ, उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तान तर्पको नेतृत्व त्यहाँका अर्थ, आर्थिक मामिला, तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले गरेका छन ।DSC08492

आठ वर्षपछि बसेको संयुक्त वैठक दुवै देशको हितमा फलदायी हुने विश्वास दुवै पक्षले व्यक्त गरेका छन । बैठकमा अर्थमन्त्री कोइरालाले आर्थिक र सांस्कृतिक सहयोगलाई अझ फराकिलो बनाउन सके त्यसबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र छालाजन्य उत्पादनमा सहयोग विस्तार गर्न सकिने औंल्याउँदै नेपालको चिया, अलैंची, अदुवा र कफीको बजार पाकिस्तानमा सम्भावना रहेको बताए । सन २००७ र २००९ मा दुइ देशबीच कृषि र पर्यटन क्षेत्रमा भएको दुई अलग अलग सम्झौता लाभदायी भएको विश्वास व्यक्त गर्दै मन्त्री कोइरालाले उद्योग र व्यापारको प्रवद्र्धनका लागि निजीक्षेत्रको अनुभव साटासाट गरी लगानी विस्तार गर्नुपर्ने बताए ।
पाकिस्तानी समकक्षी महम्मद इशाक डरले दक्षिण एशियाभर सार्कको माध्यमबाट व्यापार लगानी विस्तार गर्न सकेमा यसक्षेत्रका जनता समृद्ध हुने विश्वास व्यक्त गरे । दुई पक्षीय व्यापार विस्तारको प्रचुर सम्भावना रहेको बताउँदै पाकिस्तानी मन्त्री डरले यो बैठक आर्थिक र सांस्कृतिक सम्बन्ध विस्तारमा कोसेढुंगा सावित हुने बताए ।
यसअघि सन् २००५ मा काठमाडौमा पहिलो बैठक भएको थियो । त्यसपछिको पालो पाकिस्तानको भएपनि सुरक्षाको कारण देखाउँदै उसले बैठक स्थगित गर्दै आएको थियो । व्यापार, लगानी र वित्तिय क्षेत्रमा आर्थिक तथा प्राविधिक लगानी गर्ने उद्देश्यले गठित आयोगको सम्झौतामा दुई देशबीच वर्षेनी पालैपालो बैठक बस्ने उल्लेख छ । बैठकमा नेपालको तर्पmबाट पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेल, अर्थ, वाणिज्य, परराष्ट्र मन्त्रालय, मन्त्रिपरिषद् कार्यालयका सहसचिवहरु मधुकुमार मरासिनी, दीपक सुवेदी, कालीप्रसाद पोखरेल र लालशंकर घिमिरे सहभागी छन । यसैगरी निजीक्षेत्रबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे र चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार सहभागी छन । १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री कोइराला आइतबार पाकिस्तान पुगेका हुन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us