महेश बस्नेतले मानेनन् झलनाथको निर्देशन

काठमाण्डु टुडे २०७० साउन ३१ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, ३१ साउन । एमाले युवा संघको संस्थापन पक्षले पार्टी अध्यक्ष झलनाथ खनालको निर्देशनको अवज्ञा गरेको छ ।
mahesh-basnet_20130216093317पार्टी अध्यक्षको निर्देशनविपरीत युवा संघको महेश बस्नेत पक्षले मोरङमा भेला गरेको छ । आन्तरिक  विवाद बढ्दै गएपछि अध्यक्ष खनालले विज्ञप्ति जारी गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।

संघका अध्यक्ष महेश बस्नेत पक्षले बिहीबारदेखि मोरङको सुन्दरपुर भेला तथा बैठक शुरु गरेको हो । बैठकमा उपाध्यक्ष झपट रावलसहित उनी पक्षका कोही पनि सहभागी छैनन् । अध्यक्ष बस्नेत पक्षले बैठकमा उपस्थित नहुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । रावल पक्षले भने आफ्ना समानान्तर भेला अध्यक्ष खनालको निर्देशनमा स्थगन गरेको बताए ।

पार्टी निर्देशन विपरित गरिएको भेलाले आफुहरुलाई कारबाही गरे गम्भीर कदम चाल्ने चेतावनी रावलको छ । रावल पक्षले बस्नेत पक्षमाथि करोडौँको आर्थिक हिनामिना गरेको आरोप लगाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us