मरिचमानका आफन्तबाट आर्यघाटमै नाराबाजी

काठमाण्डु टुडे २०७० साउन ३१ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, ३१ साउन । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठका आफन्त र समर्थकले सरकारले पूर्वप्रधानमन्त्रीको अपमान गरेको भन्दै आर्यघाटमै नाराबाजी गरेका छन् ।

marichmanसरकारले पूर्वप्रधानमन्त्रीलाई दाहसंस्कार गर्दा पाउनुपर्ने सम्मान नदिएको भन्दै उनीहरुले प्रहरीको सलामीसमेत अस्वीकार गरेका छन् । यसअघि बिहीबार बसेको मन्त्रिरषद् बैठकले प्रहरी निरीक्षक नेतृत्वको टोलीले अन्तिम सलामी दिने निर्णय गरेको थियो ।

सलामी दिन आर्यघाट पुगेको प्रहरी टोलीलाई आक्रोशित श्रेष्ठका आफन्तले त्यसै फर्काइदिए । सरकारले श्रेष्ठलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने ठानिएको थियो । श्रद्धाञ्जली दिन श्रेष्ठ निवास गएका शीर्ष नेताले श्रष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पहल गर्ने बताएका थिए ।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट थलिएका श्रेष्ठको बिहीबार बिहान काठमाण्डौँको नर्भिक अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us