एमालेले तराई–मधेस अभियान चलाउने

काठमाण्डु टुडे २०७० साउन २६ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, २६ साउन । मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनलाई केन्द्रीत गरी नेकपा–एमालेले आगामी भदौ पहिलो हप्तादेखि ‘तराई–मधेस अभियान– २०७०’ सञ्चालन गर्ने तयारी गरेको छ ।
communist flagमधेसका केही नेता विभिन्न कारणले पार्टीबाट बाहिएपछि त्यसको प्रभाव कम गर्न निर्वाचन अभियान सञ्चालन गर्न लागिएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
साथै मधेसमा एमालेलाई बलियो बनाउन मधेस केन्द्रीत निर्वाचन अभियान सञ्चालन गर्न लागिएको छ । ज्ञवालीका अनुसार मधेसका २० जिल्लालाई केन्द्रमा राखेर भदौको पहिलो हप्तादेखि सो अभियान सञ्चालन गर्ने तयारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us