गर्भवती महिलाले चिया कफी कति पिउने ?

काठमाण्डु टुडे २०७० भदौ १२ गते १०:०९ मा प्रकाशित

Pregenantएक गर्भवती महिलालाई बच्चा र आफ्नो स्वास्थ्यलाई सन्तुलित अवस्थामा राख्न हरेक किसिमले चनाखो हुनुपर्छ । के खाने के नखाने, कति खाने कति नखाने जस्ता कुराहरुमा उनीहरुले विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलाले चिया वा कफी कति पिउने भन्नेबारे पनि धेरैलाई जानकारी नहुन सक्छ ।

केही चिकित्सकहरुले गर्भवती महिलालाई एकदुई कप कफी वा चिया पिउन सल्लाह दिन्छन् । केही चिकित्सकहरुले गर्भवती महिलालाई अल्कोहल नपिउन पनि भन्छन् । तर कति खाने भन्नेमा चिकित्सकको एकमत छैन ।

शिकागो विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर एमिली आस्टरका अनुसार गर्भावस्थाका सुरुआती दिनमा कफी पिउन मन लाग्छ । तर, उनलाई गर्भावस्थामा हुँदा चिकित्सकले केवल एक कप मात्र कफी पिउन सल्लाह दिएका थिए । त्यसपछि उनले इन्टरनेटमा यसबारे खोजी सुरु गरिन् । खोज्दै जाँदा आश्चर्यचकित परिन् । कारण थियो यसबारे किताब, इन्टरनेट जताततै विशेषज्ञको राय फरक फरक थियो ।

केही लेखकहरु भन्छन्, गर्भवती महिलाले कफी पिउनै हुँदैन । जबकी केही लेखकहरु भन्छन्, दिनमा दुईतीन कपसम्म कफी पिउन सक्छन् । चिकित्सक आस्टरले अर्को एक किताब अध्ययन गर्दा दैनिक ६ कपसम्म पिउन सक्छन् भन्ने कुरा भेटिन् । यो दुविधा हटाउन उनले आफै‌ मेडिकलका किताब अध्ययन गर्न सुरु गरिन् । अध्ययनपछि उनले के निष्कर्ष निकालिन् भने दिनमा दुई कप कफी पिउनु राम्रो हुन्छ ।

दुई वर्षे बच्चाकी आमा आस्टरले आफ्नो यो अनुभवबारे ‘एक्सपेक्टिङ्ग बेटर’ नामक किताब नै लेखेकी छन् । आष्टरका अनुसार गर्भावस्थामा महिलाहरुलाई बिसन्चो हुन्छ । त्यसैले जतिसक्यो कम कफी पिउनुपर्ने उनको निष्कर्ष छ । –बीबीसीबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us