बर्डफ्लु नियन्त्रण भो

काठमाण्डु टुडे २०७० भदौ ९ गते १५:४९ मा प्रकाशित

Birdfluनेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा चार प्रतिशत योगदान दिने कुखुरा व्यवसायी मर्कामा छन । नेपालमा मान्छेमा वर्डप्ल्यु संक्रमण देखिएको छैन । व्यवसायी जङ्गबहादुर विसीका अनुसार संक्रमित भनिएको अवधिभरी उपत्यकामा मात्रै कुखुरा व्यवसायीले करीव ७ अरब रुपैया नोक्सान व्यहोरेका छन ।

विश्वमा तीन सय ६५ जनामा वर्डप्ल्यु संक्रमण देखिएको छ । पशुसेवा विभागका उप–महानिर्देशक रामकृष्ण खतिवडा भन्छन‘वर्डप्ल्यु विश्वमा कसैले पनि निर्मूल पार्न सकेको छैन, वर्डप्mल्यु नियन्त्रण गर्नुको अन्तर्राष्ट्रिय स्तरको विधि भनेकै नष्ट पार्नु हो ।’ संक्रमित क्षेत्रका कुखुरा सबै नष्ट पारिसकेको हुनाले बजारमा आउने मासु स्वस्थ रहेको उनको तर्क छ । स्वास्थ्य क्षेत्रले प्रमाणित गरेर स्वस्थ मासु बेच्नका लागि प्रमाण पत्र समेत उपलब्ध गराएको उनको दावी छ ।
पशुसेवा विभागका प्रवक्ता डा. प्रदिपचन्द्र भट्टराई विगतका वर्डप्ल्यु भन्दा अहिलेको व्यापक समस्या रहेको दावी गर्छन । उनका अनुसार २०६५ माघदेखि हालसम्म ८४ पटक वर्डप्mल्यु देखिएको छ । साउनमा मात्रै करीव ५ करोड रुपैया क्षतिपूर्ति दिईसकिएको उनको दावी छ । पशुसेवा विभागका महानिर्देशक नरबहादुर राजवाँर अब कुखुराको मासु निर्धक्क खाँदा केही फरक नपर्ने बताउँछन । कृषक, व्यवसायी र वितरकलाई एक ठाउँमा राखेर महानिर्देशक राजवाँरले भने‘सबै क्षेत्रको सहयोगबाट वर्डप्ल्यु नियन्त्रण भएको हो, अबको केही समयभित्र संक्रमित क्षेत्रमा पनि कुखुरा पाल्न र विक्रिवितरण गर्न सहज बनाउँन प्रयत्न गर्नेछौं ।’ वर्डप्ल्यु भएका क्षेत्रहरुमा संक्रमित कुखुराहरु नियन्त्रण गरिसकेको उनको दावी छ । अव विक्रि हुने मासु संक्रमित क्षेत्रका नहुने उनको तर्क छ । अव बजारमा आउने मासु खाँदा कुनै फरक नपर्ने उनले बताए ।
पशुसेवा विभागका कार्यक्रम निर्देशक डा.विजयकान्त झा वर्डप्ल्यु नियन्त्रण आदेश २०६४ अनुसार पशु पंक्षी नष्ट गर्नु नै नियन्त्रण हुने दावी गर्छन । उनी भन्छन ‘हामीले यो विधि अपनाएको छौ,यो वर्डप्mल्यु एच ५ को रुपमा छ तर चीनको हकमा एच ७ हो, र हामीले नेपाल सरकारले घोषणा गरेको संक्रमित क्षेत्रका मासु मात्रै नियन्त्रण गरेको र संक्रमण नभएको मासुमा नियन्त्रण गरिएको छैन ।’
राजनीतिक बृत्तमा वर्डफल्यू आतंक मच्चाएर नेपाली कुखुरा व्यवसायलाई चुर्लम्ब डुवाएपछि अव भारतीय कुखुराले बजार कब्जा गर्ने तातो बहस छ । कुखुराको मासु,अण्डा र चल्लामा आत्मनिर्भर हुदै गएको नेपाली बजार खुम्चिएर चिन्तित भारतीय व्यवसायी अव उत्साहित हुने उनीहरुको तर्क छ । नेकपा–माओवादीका केन्द्रीय सदस्य दिलिप प्रजापति भारतीय गुरुयोजनामा वर्डफल्यु आतंक मच्चाइएको बताउँछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us