प्रहरी कै संलग्नतामा २५ किलो सुन लुटियो

काठमाण्डु टुडे २०७० भदौ ९ गते ४:४७ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्याई सुन लुटेका हुन् ।

सुन दोर्जे शेर्पाको हो । प्रहरीद्वय थापा र माझीले सुन लुट्न ६ जना लुटेराको पनि सहयोग लिएका थिए । थापा उनै हुन्, जसले दुई महिनाअघि बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । अपहरण गरी सुन लुट्ने दुई प्रहरीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । तर, लुटिएको सुन अझै बरामद नभएको कान्तिपुर दैनिकमा समाचार छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us