दुर्घटनामा परेर छटपटाइरहेका ४ जनाको प्रदेश प्रमुखले बचाए ज्यान

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १५:१७ मा प्रकाशित

बारा, ११ फागुन– प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले सवारी दुर्घटनामा परी छटपटाइरहेका सर्वसाधारणको उद्धार गरेका छन् ।

जनकपुरबाट बाराको जितपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गरेका प्रमुख झाले निजगढमा दुर्घटनामा परेर सडक छेउमा पटपटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल लगेका हुन् ।

घाइतेको बाराको रौतहटको चपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । ‘म बाराको जितपुरमा हुने एउटा कार्यक्रममा जाँदै थिएँ’, झाले काठमाण्डुटुडेसँग भने, ‘दुर्घटनामा परेर छटपटाइरहेका मानिसहरु देखें र गाडी रोक्न लगाएर उद्धार गरी अस्पताल पठाए ।’

उनले नागरिकको ज्यान बचाउनु आफ्नो दायित्व भएको उल्लेख गरे । केही मानिसले प्रटोकलको बेवास्ता गरेर घाइते उठाएको भन्दै आलोचना गरेकामा उनले दुःख व्यक्त गरे । ‘नागरिकको ज्यान भन्दा ठूलो मेरो पो्रटोकल हुन सक्दैन’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us