दुलही लिन हेलिकोप्टर चार्टर

काठमाण्डु टुडे २०७७ फागुन ११ गते ७:३६ मा प्रकाशित

सिरहा, ११ फागुन– आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो । यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन् । यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए ।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो । उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए । आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन् । वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन् ।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर गर्ने दिनेश पहिलो व्यक्ति हुन् । दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए । पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश । उनी पेसाले मेडिकल प्रतिनिधि हुन् ।

 नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us