मनिषा कोइराला सहभागी प्रदर्शनमा प्रहरीको बल प्रयोग

काठमाण्डु टुडे २०७७ पुष २७ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, २७ पुस– राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

२ सय ९९औं पृथ्वी जयन्तीका अवसरमा सोमबार राजावादीले सिंहदरबार बाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायाण् शाहको शालीकमा माल्यार्पण गर्ने क्रममा प्रहरीसँग सामान्य ठेलाठेल भएको थियो ।

सुरक्षा संवेदनशिल क्षेत्रमा प्रदर्शन गरेको र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार भएकाले बल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका सहभागीले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद जस्ता नारा लगाएका थिए । प्रदर्शनमा अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us