सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७७ भदौ २६ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ— साताको अन्तिम दिन आज सुनको भाउ तोलामा ४ सयले घटेको छ ।

आज प्रतितोला छापावाल सुन ९६ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यसैगरी, आज तेजावी सुन ९६ हजारमा कारोवार भइरहेको महासंघले बताएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैंयाले घटेर तोलाको १३ सय १० मा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us