कोरोनाबाट थप एकको मृत्यु

काठमाण्डु टुडे २०७७ साउन १७ गते १७:४७ मा प्रकाशित

वीरगञ्ज, १७ साउन– वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवाकी ५० वर्षीया महिलाको नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार मृतक निमोनिया र सुगरकी बिरामी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us