३ सय १५ जनामा कोरोना

काठमाण्डु टुडे २०७७ साउन १७ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १७ साउन– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय १५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कूल संक्रमित संख्या २० हजार ८६ पुगेको छ ।

शनिबार सबैभन्दा बढी कैलालीमा ९८ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौबतमले जानकारी दिए ।

गौतमका अनुसार बझाङमा ६८ पर्सामा, अछाममा २८, इलाममा, २२, कञ्चनपुरमा ९, सप्तरीमा ७, काठमाण्डु र सिराहामा ५/५, झापा, मोरङ, रामेछाप र रुपन्देहीमा २/२ तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानमा एक/एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us