प्रहरीमा कोरोना पुष्टि

काठमाण्डु टुडे २०७७ असार १६ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, १६ असार– बाजुरामा कार्यरत नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरस (कोभिडण्ज्ञछण्१९) संक्रमण पुष्टि भएको छ ।

बुढिगंगा नगरपालिका–४ र जगन्नाथ गाउँपालिका–१ स्थित क्वारेन्टिन सुरक्षमा खटिएका एक/एक प्रहरीमा कोरोना देखिएको हो । बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टंक भण्डारीले प्रहरीमा क्वारेन्टिनबाटै कोरोना संक्रमण भएको हुन सक्ने बताए ।

भण्डारीका अनुसार संक्रमित दुवै प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार जारी राखिएको छ । सुदूरपश्चिम प्रदेशमा यसअघि कञ्चनपुरमा तीन तथा बाजुरा र अछाममा एक÷एक प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us