कारको ठक्करबाट बाबुछोराको मृत्यु

काठमाण्डु टुडे २०७७ असार १५ गते १७:०४ मा प्रकाशित

रुपन्देही, १५ असार– रुपन्देहीमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको रामापुर कलौली नजिकै शान्तिटोलमा आपसमा ठोक्किएर दुर्घटना हुँदा ५० वर्षीय टेबहादुर परियार र उनका छोरा ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।

सैनामैना–१ का परियार बाबुछोरा दुवै मोटरसाइकलमा सवार थिए । कारको ठक्करबाट गम्भीर घाइते बाबुछोराको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतीतसिंह राठौरका अनुसार कपिलवस्तुबाट बुटवलतर्फत आउँदै गरेको लु२च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु५२प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us