काठमाण्डुको स्वयम्भूमा भेटिए कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ जेठ ४ गते २३:१९ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– काठमाण्डुको स्वयम्भुमा एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५६ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा स्वयम्भूमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका वीरगन्जका ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाली सेनाबाट सेवा निवृत्त भएपछि उनी फर्निचर व्यवसायमा लागेका थिए ।

संक्रमित व्यक्ति गत चैत १९ मा वीरगन्जस्थित घर गएर २८ वैशाखमा काठमाण्डु फर्किएको खुलेको छ । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशनमा भर्ना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us