प्रकाश सपूतको दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गको नम्बर १ मा

काठमाण्डु टुडे २०७५ चैत २५ गते १५:२० मा प्रकाशित

काठमाण्डु, २५ चैत्र – गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो ।

अहिलेसम्म १४ लाख पटक युट्युबमा सर्च भइसकेको छ । प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि शनिबार दोहोरी ब्याटल–२ सार्वजनिक गरेका थिए ।

शब्द तथा संगीत पनि आफ्नै रहेको गीतमा स्वर प्रकाश आफैको रहेको छ । फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन् । एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर ब्याटल तयार पारिएको छ । सानासाना कुरामा हुने घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यङ्गय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us