सरकारद्वारा ७२ नगरपालिका थप (थपिएका नगरपालिकाको सूचीसहित )

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– सरकारले देशका विभिन्न स्थानमा ७२ वटा नगरपालिका थप गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका थप्ने निर्णय गरेको हो । यो सँगै देशभर नगरपालिकाको संख्या १ सय ३० पुगेको छ । यसअघि २०५३ सालमा ५८ नगारपालिका गठन भएका थिए ।

विवादका कारण रामेछापको मन्थली, काठमाण्डुको शंखरापुर, ललितपुरको कार्यविनायक र चम्पापुर नगरपालिका घोषणा हुन सकेनन् । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले विवाद निरुपण गरी भविष्यमा थप नगरपालिका गठनका लागि प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा नगरक्षेत्र निर्धारण तथा सिफारिस समिति
गठन गरिएको जानकारी दिए । उनका अनुसार समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको रिजालले जानकारी दिए । बैठकले विराटनगरमा महामारीका रुपमा फैलिएको जण्डिस र हेपाटाइटिस नियन्त्रणका लागि मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा कमिटी गठन गरिएको रिजालले बताए ।

यी हुन् थपिएका नगरपालिका

१. ताप्लेजुङ – ताप्लेजुङ
२. पाँचथर – फिदिम
३. मोरङ – उर्लाबारी
४. तेह्रथुम – म्याङलुङ
५. भोजपुर – भोजपुर
६. तनहुँ – दुलेगौंडा
७. तनहुँ – बन्दीपुर
८. पर्वत – कुश्मा
९. गुल्मी – रेसुंगा
१०. स्याङ्जा – चापाकोट
११. म्याग्दी – वेनी
१२. खोटाङ – दिक्तेल
१३. उदयपुर – कटारी
१४. सप्तरी – शम्भुनाथ
१५. सर्लाही – हरीवन
१६. रौतहट – चन्द्रपुर
१७. बारा – गढीमाई
१८. सिन्धुपाल्चोक – चौतारा
१९. काभ्रेपलाञ्चोक – पाँचखाल
२०. धादिङ – निलकण्ठ
२१. अर्घाखाँची – सन्धीखर्क
२२. बाँके – कोहलपुर
२३. नवलपरासी – सुनवल
२४. नवलपरासी – कावासोती
२५. नवलपरासी – देवचुली
२६. नवलपरासी – बर्दघाट
२७. रुपन्देही – सैनामैना
२८. रुपन्देही – देवदह
२९. रुपन्देही – लुम्बीनी
३०. रुपन्देही – तिलोत्तमा
३१. कपिलबस्तु – कृष्णनगर
३२. कपिलबस्तु – शिवराज
३३. दैलेख – दुल्लु
३४. कैलाली – लम्की चुहा
३५. कैलाली – अत्तरिया
३६. दार्चुला – अपी
३७. कञ्चनपुर – पुनर्वास
३८. कञ्चनपुर – बेलौरी
३९. झापा – बिर्तामोड
४०. संखुवासभा – चैनपुर
४१. मोरङ – वेलवारी
४२. मोरङ – पथरी – शनिश्चरे
४३. मोरङ – सुन्दर– दुलारी
४४. मोरङ – कोशी– हरैचा
४५. मोरङ – रंगेली
४६. सुनसरी – दुहवी– भलुवा
४७. ओखलढुङ्गा – सिद्धिचरण
४८. उदयपुर – बेलटार – बसाहा
४९. सर्लाही – लालबन्दी
५०. सर्लाही – ईश्वरपुर
५१. मकवानपुर – थाहा
५२. बारा – निजगढ
५३. चितवन – खैरहनी
५४. चितवन – चित्रवन
५५. झापा – कन्काई
५६. पाल्पा – रामपुर
५७. सल्यान – सारदा
५८. अछाम – मंगलसेन
५९. अछाम – साफेबगर
६०. सप्तरी – कञ्चनरुप
६१. सिराहा – मिर्चैया
६२. धनुषा – धनुषाधाम
६३. धनुषा – छिरेश्वरनाथ
६४. महोत्तरी – गौशाला
६५. लमजुङ – बेशिसहर
६६. नवलपरासी – गैंडाकोट
६७. बर्दिया – राजापुर
६८. बझाङ – जयपृथ्वी
६९. जुम्ला – चन्दननाथ
७०. प्युठान – प्युठान
७१. ईलाम – सूर्योदय
७२. झापा – शनी – अर्जुन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us