दलहरुबीचको झडपप्रति आयोगको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–चुनाव प्रचार–प्रसारको क्रममा बिभिन्न जिल्लामा राजनीतिक दलहरुबीच झडप भएकोप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति निकालेर शान्तिपूर्वक र निर्भयपूर्ण वातावरणमा चुनावमा सहभागी हुन पाउने नागरिकको अधिकार सुनिश्चित गरेको पृष्ठमूमिमा यस्ता घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको हो ।

आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले मंगलबार निकालेको विज्ञप्तिमा भयरहित वातावरणमा नागरिकको सहभागिता सुनिश्चित गर्न राजनीतिक दल, सरकारलगायत सबै सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।

पाँचथर, सिरहा, धादिङ, सल्यान, रूकुम, सुर्खेतलगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us