कैलाली, १४ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९४ प्रतिशत नेपाली जनता ओमकार सम्प्रदायका भएका भन्दै नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग दोहोर्याएका छन् ।
मेचीकाली पशुपतिनाथ सङ्कल्प रथ यात्राअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकारको बाहुल्यता रहेको नेपाललाई संविधानसभाले सनातन हिन्दूराष्ट्र घोÈणा गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले मुलुक हिन्दूराष्ट्रमय भइसकेको अवस्थामा राजनीतिक दलले संविधानसभाबाट यसलाई अनुमोदन गर्ने भएकाले त्यसका लागि सबै हिन्दू धर्मावलम्बीको दबाब आवश्यक रहेको औँल्याए ।
रथ यात्रामा लम्की र खुखडमा हजारौँ स्थानीयले उनको स्वागत गरेका थिए । आजै कैलालीको अत्तरिया चौराहामा कोणसभा आयोजना गरिने राप्रापा नेपालले जनाएको छ ।