महोत्तरी, १४ पुस–यसअघि जाडोबाट पाँचजनाको मृत्यु भइसकेको महोत्तरीमा थप दुईजनाको मृत्युसँगै यस वर्ष महोत्तरीमा जाडोबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
लगातारको शीतलहर र चिसो हावासँगै बढेको कठ्याग्रिँदो जाडोबाट महोत्तरीमा सोमबार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको बिजलपुरा गाविस १ बस्ने ४० वर्षीय लाल मोहम्मद राईन र सोही गाउँ बस्ने ७० वर्षीय गनौर महतो रहेका छन् ।
कठ्याग्रिँदो जाडोका बेला घर बाहिर शौचालयका जाँदा बिहान ९ बजे राइनको घर नजिकै बाटोमै लडेर मृत्यु भएको हो भने अति गरिब परिवारका महतोको न्यानो लुगाफाटोको अभावमा घरमै मृत्यु भएको स्थानीय प्रमोदकुमार सिंहले बताए ।
यसअघि जाडोबाट जिल्लामा पाँचजनाको मृत्यु भइसकेको छ भने एकै गाउँका दुईजनाको एकैसाथ मृत्युसँगै यस वर्ष महोत्तरीमा जाडोबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस