मसान भगाउँदा लुटिएको गहना भेटियो

काठमाण्डु टुडे २०७१ पुष १४ गते ६:०६ मा प्रकाशित

कैलाली–टुनामुना गर्दै मसान भगाउन भनि पूजा गर्ने क्रममा कैलालीको धनगढीबाट लुटिएको गहनामध्य केही गहना वीरगञ्ज पथलैया औधोगिक क्षेत्रको जितपुरबाट प्रहरीले बरामद गरेको छ ।

15TH_GOLD_1428839f_20140417095339_20140417115857
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी श्रीमती शारदालाई  झुक्याएर मंसिर २६ गते लुटिएको ५१ तोला मध्य ३१ तोला गरगहना आइतबार इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न इसरायल, उनकी पत्नी तैरुन र उनकी बहिनी खैरुन नेसा फरार रहेका छन् । अरु २० तोला गहना र लुटेराको खोजि भइरुहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us