काठमाण्डु, १४ पुस– सत्तारुढ नेकपा एमालेले पार्टी कार्यकर्तालाई लोकसेवामा जागिर खुवाउन पार्टीको लेटरप्याडमा पत्र लेखेर सिफारिस गर्ने गरेको
खुलासा भएको छ ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङले झापाकी सुशीला धिमाललाई अमिनको जागिर खुवाउन भन्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई निर्देशनात्मक पत्र लेखेका हुन् ।
पार्टीको लेटरप्याड र छाप प्रयोग गरी गुरुङले गत कात्तिक १४ गते स्वास्थ्य मन्त्री अधिकारीलाई सम्बोधन गरी पत्र लेखेका थिए ।
पत्रमा धिमाललाई अनमीको मौखिक परीक्षामा पास गराइदिन आग्रह गरिएको छ ।
‘झापा जिल्ला दमक नगरपालिका–६ निवासी सुशीला धिमाल (रोल नं १३०४३९) स्वास्थ्य सेवा विभागअन्तर्गत लोकसेवा आयोगको अनमी पद (चौथो श्रेणी) को लिखित परीक्षा उत्तीर्ण भएकाले निजलाई मिति २०७१ कात्तिक १८ गते हुने मौखिक परीक्षामा उत्तीर्णका लागि आवश्यक सहयोग गरिदिनु हुन सिफारिससाथ अनुरोध गरिन्छ’, पत्रमा लेखिएको छ ।
श्रोत स्वास्थ्य खबर