१६२ यात्रुसहित विमान बेपत्ता

काठमाण्डु टुडे २०७१ पुष १३ गते ४:५८ मा प्रकाशित

एजेन्सी– इन्डोनेसियाबाट सिंगापुर जाँदै गरको एयर एसियाको एयरबस ए ३२०–२०० को क्युजेड ८५०१ नम्बर संख्याको विमान सम्पर्कविहीन भएको छ ।

इन्डोनेसियाको समाचार संस्थाका अनुसार विमान एक सय ६२ यात्रु र चालक दलका सदस्यसहित सम्पर्कविहीन भएको हो ।

AIR_ASIA 1
विमान कम्पनीले जनाएअनुसार बिहान ७ बजेपछि विमानको सम्पर्क जकार्ताको एयर ट्राफ्रिक कन्ट्रोलसँग हुन नसकेपछि विमान सम्पर्कविहीन हुन पुगेको हो ।

विमान इन्डोनेसियाको सुराबाया भन्ने सहरबाट उडेको थियो ।
विमान सम्पर्कविहीन भएलगत्तै  खोजी र उद्धार अभियान थालिएकाे कम्पनीलाई उदृत गर्दै इन्डोनेसियाका समाचार संस्थाहरुले जनाएका छन् ।

इन्डोनेसियाई उड्ययन मन्त्रालयका अधिकारी हादी मुस्तफाले बीबीसीलाई जनाएअनुसार विमानको सम्पर्क सुराबाया सहर र सिंगापुरबीचमा अवस्थित जावा सागरदेखि टुटेको हो ।

Ari
एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क टुट्नुअगावै विमानका चालकले असमान्य रुटबारे सोधखोज गरेको बताइएको छ ।
यसबारे पूर्ण जानकारी प्राप्त भइसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us