
एजेन्सी– भारतको असममा विद्रोहीहरुले गरेको शृंखलाबद्ध हमलामा ५२ जनाको ज्यान गइसकेको बताइएको छ । सोनितपुर र कोकराझार जिल्लामा भएको आक्रमणमा मर्नेहरुको संख्या थप बढ्न सक्ने देखिएको छ ।
भारतको पुर्वोत्तर क्षेत्र आसाम नेपाली भाषीहरुको समेत बसोबास समेत भएको क्षेत्र हो ।
प्रहरीले आक्रमण प्रतिबन्धित संगठन एडीएफबीको संलग्नता भएको जनाएको छ । घटनाको स्थलगत भ्रमण गर्न गृहमन्त्री राजनाथ सिंह आसाम जाने बताइएको छ ।
घटनालाई भारतीय प्रधानमन्त्री मोदीले कायरता भनेका छन् । उनले बुधबार ट्विट गर्दै लेखेका छन्, ‘सोनितपुर र कोकराझाडमा निर्दोष मानिसहरुलाई मार्ने काम कायरता हो । मारिएकाहरु प्रति हामी सान्त्वना प्रकट गर्दछौं । मैले आसामका मुख्यमन्त्रीसँग कुरा गरेको छु । गृहमन्त्री राजनाथ सिंह घटनाको स्थलगत भ्रमण गर्न आसाम जाँदैछन् ।
आसाम पुलिसका आईजी एसएन सिंहले प्रहरीको सर्च अभियानमा सोमबार एनडीएफबीका दुई महत्वपूर्ण नेता मारिएको बताउँदै त्यसैको प्रतिक्रियामा यी हमला भएको बिबिसीलाई बताएका छन् ।