असममा विद्रोहीको आक्रमण, ३७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ९ गते ०:५९ मा प्रकाशित

काठमाण्डु, ९ पुस– भारतको असममा विद्रोहीहरुले गरेको शृंखलाबद्ध हमलामा तीन दर्जनको ज्यान गएको बताइएको छ । असम प्रहरीका अनुसार सोनितपुर र कोकराझार जिल्लामा भएको हमलामा ३७ जना मारिएका छन् ।

भारतको पूर्वोत्तर क्षेत्र असम नेपाली भाषीहरुको समेत बसोबास भएको क्षेत्र हो । असम पुलिसका कानुन व्यवस्था विभागका एसएन सिंहले सोनितपुरमा ३३ र कोकराझारमा चार जनाको ज्यान गएको बताएका बिबिसले उल्लेख गरेको छ ।
asamआक्रमण त्यहाँको प्रतिबन्धित विद्रोही संगठन एनडिएफबीलाई जिम्मेवार ठानेको छ । प्रहरी स्रोतले बताए अनुसार सोमबार त्यहाँ उक्त विद्रोही संगठनका दुई उच्चस्तरका नेताको हत्या भएको थियो । त्यसैको बदलामा विद्रोहीले आक्रमण गरेको प्रहरीले अनुमान गरेको छ ।
असम प्रहरीले यो आक्रमण दुर्गम क्षेत्रमा भएको हुँदा विस्तृत विवरण आइसकेको छैन । आक्रमणको सूचना प्रहरीले दिउँसै पाएको भए पनि त्यहाँ पुग्न नसकेको बिबिसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us